केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पेप गार्डिवलामाथि दुई खेलमा प्रतिबन्ध

सहयात्रा टिभी

एजेन्सी । जेठ–२२, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलामाथि युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफएले दुई खेलमा प्रतिबन्ध लगाएको छ । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलालाई फुटबलको नियम उल्लंघन गरेको आरोपमा च्याम्पियन्स लिग फुटबलका दुई खेलमा प्रतिबन्ध लगाइएको हो ।

उनले गत अप्रिल १० मा भएको च्याम्पियन्स लिगको एक खेलमा रेफ्रि मातेउ लाहोजेको निणर्यमा प्रश्न उठाएका थिए । त्यसपछि रेफ्रिले आफ्नो बेइज्जत गरेको भन्दै गार्डिवलालाई रातो कार्ड देखाएका थिए । सोहि अनुसार युरोपियन फुटबलको प्रशासकीय निकाय युईएफएले गार्डिवलामाथि प्रतिबन्ध लगाएको हो ।

गार्डिवलाले भने आफुले रेफ्रिको बेइज्जत नगरेको दाबी गर्दै आएका छन् । गार्डिवलाले अब आउँदो सिजनको सुरुको एक खेल र अर्को वर्ष अर्को एक खेल खेल्न नपाउने भएका हुन् ।

प्रकाशित : 5 June, 2018

प्रतिक्रिया दिनुहोस्