विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइंदै

काठमाण्डौँ । जेठ–२२, आज विभिन्न चेतनामुलक कार्यक्रम गरी विश्व वातावरण दिवस मनाइंदैछ । मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको हो ।
वातावरण दिवसको अवसर पारेर वातावरणको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले सामाजिक चेतना जगाउने उद्देश्यका साथ विश्व वातावरण दिवस मनाइएको बताइएको छ ।
संयुक्त राष्ट्रद्धारा घोषित यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यका साथ मनाइने बताइएको छ । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रुपमा मनाउन थालिएको हो ।