समाजिक सञ्जाल ‘इमो’ मार्फत ठगी गर्ने पक्राउ
नुवाकोट । जेठ–२२,समाजिक सञ्जालमा ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन । चिठ्ठा परेको भनी झुटो आश्वासन देखाउने एक महिलालाई ठगी गरेको अभियोगमा इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारर्वाही गर्न शुरु गरेको बताइएको छ । नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत रु २५ लाख परेको छ भन्ने बहानमा पैसा प्राप्त गर्न राजश्व शुल्क फाल्टै तिर्नुपर्छ भनी महिलालाई ठगी गर्ने घिमिरे विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ ।
सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिएका छन । इमोमार्फत फोन गरी २५ लाख चिठ्ठा परेको छ भन्दै सन्देशमार्फत ठगी गर्ने घिमिरेमाथि गरिएको अनुसन्धनले अन्य ठगी गर्ने व्यक्ति पनि भेटिने क्रम शुरु भएको प्रहरी प्रमुख कुँवरले बताएका छन ।
उनले बैकमा खाता खोल्ने र नेपालदेखि भारत सम्मनै सञ्जाल रहेकोले अनुसन्धानको दायरामा धेरैको संलग्नता देखिएको बताएका हुन । सामाजिक सञ्जाल ‘इमो’ मार्फत धेरै जना ठगी भएको बताइएको छ । पक्राउ परेका घिमिरेको बयानको आधारमा प्रहरीले काठमाडौँ महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।