केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पशुपति क्याम्पसका विद्यार्थी राससमा

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२२, राष्ट्रिय समाचार समिति (रासस )का अध्यक्ष वरिष्ठ पत्रकार कुल चन्द्र वाग्ले,वरिष्ठ समाचार दाता प्रकाश शिलवाल, चीफ रिपोर्टर सुर्य चन्द्र बस्नेत र पशुपति बहुमुखी क्याम्पसका बी .ए दोस्रो वर्षको विद्यार्थीबीच हिजो भेटवार्ता भएको छ ।

पत्रकारीता सम्बन्धि केहि जानकारी गराउन पशुपति बहुमुखी क्याम्पसका अध्यापक नवराज चालीसेद्धारा वरिष्ठ पत्रकारसंग विद्यार्थीको भेट गराइएको हो । राससको काम कर्तव्य र आफुले उत्पादन गरेको समाचारहरुलाई कसरी सार्वजनिक गर्ने पत्रकार आफु कसरी सचेत हुने भन्ने विषयमा राससका अध्यक्ष वरिष्ठ पत्रकार कुल चन्द्र वाग्लेले विधार्थीलाई जानकारी दिएका छन ।

उनले धेरै अनलाईन मिडिया देखि लिएर टेलिभिजन, रेडियोहरु ‘रासस’ संग संलग्न रहेको बताएका छन । उनले विभिन्न मिडिया तथा टेलिभिजमा राससको समाचार सार्वजनिक गर्ने बताए । पशुपति बहुमुखी क्याम्पसका विद्यार्थीहरु आफु राष्ट्रिय समाचार समितिमा जान पाउदा अत्यन्तै खुसि भएका छन ।

उनीहरुले राष्ट्रिय समाचार समितिका अध्यक्ष श्री कुल चन्द्र वाग्ले चीफ रिपोर्टर सुर्य चन्द्र बस्नेत  तथा बरिस्ठ समाचार दाता प्रकाश् सिलवाललाई आफनो अमुल्य समय दिएकोमा धन्यवाद व्यक्त गरेका छन । त्यसैगरी विद्यार्थीहरुलाई राष्ट्रिय समाचार समिति सम्म पु¥याएर धेरै कुरा सिक्ने अवसर दिएकोमा गुरु नवराज चालिसे सरलाई पनि उनीहरुले धन्यवाद दिएका छन ।

प्रकाशित : 5 June, 2018

प्रतिक्रिया दिनुहोस्