केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाह अघि सुहागरात मनाउने अनौठो चलन

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२२, भारतको एक गाउँमा विवाह हुनु भन्दा पहिले नै अविवाहित किशोरकिशोरिले सुहागरात मनाउने चलन छ । भारतको छत्तिसगढको बस्तर नामक गाउँका गोँड नामक आदिवासी समुदायमा यो अनौठो चलन परम्परादेखि नै चल्दै आएको छ ।

घोटुल नामक यो परम्परा घर गृहस्थी तथा वैवाहिक जीवनपछिका जिम्मेवारीका विषयमा युवायुवतीलाई शिक्षा दिन सञ्चालन भएको पाइएको छ । सुहागरात मनाउनको लागी गाउँ बाहिर साना साना झुपडीहरु बनाइएका हुन्छन् ।

यो परम्परा अनुसार किशोरावस्थामा पुगेका किशोरहरुलाई डोको बुन्न लगाइन्छ र जस्ले राम्रो डोको बनाउँछ उसलाई राम्री किशोरिसँग सुहागरात मनाउने अवसर मिल्छ ।

यो चलन यस समुदायको लिंगोदेव नामक देवताले सुरु गरेको जनविश्वास छ । यो परम्परा अनुसार सुहागरात मनाउने युवकलाई चेलिक र युवतीलाई मटियार भनिन्छ ।

प्रकाशित : 5 June, 2018

प्रतिक्रिया दिनुहोस्