केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१० अर्ब ठगीका आरोपी सुधीर बस्नेत जरिवाना तिरेर रिहा

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२२, १० अर्ब ठगीको आरोप लागेर जेल परेका व्यापारी सुधीर बस्नेत रिहा भएका छन् । विभिन्न कम्पनी खडा गरेर सर्वसाधारणको १० अर्ब ठगी गरी डिल्ली बजार सदरखोरमा सजाय भोगिरहेका व्यापारी सुधीर बस्नेत तोकिएको जरिवाना रकम तिरेर रिहा भएका हुन् ।

सहकारीको निक्षेप ठगी गरेको आरोपमा बस्नेतलाई १३ पुस २०७३ मा पक्राउ गरिएको थियो । ठगी गरेको आरोपमा उनलाई काठमाण्डौं र भक्तपुर जिल्ला अदालतले जेल सजाय सुनाएको थियो ।

उनलाई काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना र अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो । यस्तै भक्तपुर जिल्ला अदालतले पनि २ वर्ष कैद र ८४ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

बस्नेत तोकिएको सजायँ पुरा गरेर तोकिएको जरिवाना रकम तिरि रिहा भएको डिल्लीबजार कारागारका जेलर अरुण पोख्रेलले जानकारी दिए।

प्रकाशित : 5 June, 2018

प्रतिक्रिया दिनुहोस्