केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालबालिकाको चिठ्ठिले अर्जेन्टिना र इजरायलबीचको मैत्रीपूर्ण खेल रद्द

सहयात्रा टिभी

एजेन्सी । जेठ–२३, विश्वकप २०१८ को अभ्यासका लागि यो शनिबार इजरायल र अर्जेन्टिनाबीच हुन लागेको मैत्रीपूर्ण खेल रद्द भएको छ । केहि राजनीतिक कारण सहित बिस्थापित प्यालेस्टाइनी बालबालिकाहरुले मेसीलाई लेखेको भावुक चिठ्ठीको कारणले खेल रद्द भएको हो ।

गाजामा रहेका प्यालेस्टाइनीहरुमाथि इजरायली सेनाले दमन गरिरहेको छ । पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट २१२ जना प्यालेस्टाइनीहरुको मृत्यु भइसकेको छ । यसै समयमा हुन लागेको इजरायल र अर्जेन्टिनाबीचको मैत्रीपूर्ण खेल त्यस स्टेडियममा हुँदै छ जहाँ सत्तरी वर्ष पहिले प्यालेस्टाइनीहरुको बासस्थान थियो र इजरायली सेनाले उनीहरुलाई त्यहाँबाट निकाला गरेका थिए ।

सोहि स्थानबाट बिस्थापित परिवारका करिब ७० बालबालिकाहरुले अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीलाई सम्बोधन गरी लेखिएको एक चिठ्ठि आइतबार इजरायलको अर्जेन्टिनी दूतावासमा पठाएका थिए । सोहि पत्रको प्रभावका कारण खेल रद्द गर्न बल मिलेको स्रोतले बताएको छ ।

बालबालिकाहरुले चिठ्ठिमा भनेका छन् कि उनीहरु मेसी त्यस स्थानमा खेल्न आउँदा खुसी छन् तर उनीहरु दुखी त्यस कारण छन् कि त्यो खेल जहाँ हुँदैछ त्यहाँ कुनै समय उनीहरुको घर थियो ।

प्यालेस्टाइन फुटबल एशोसियसनका अध्यक्ष जिबरिल रजोबले मैत्रीपूर्ण खेलको विरोध गर्दै अरब र मुस्लिम देशका करोडौं प्रशंसकहरुलाई मेसीको नाम लेखिएको टिशर्ट जलाउनसमेत अपिल गरिरहँदा प्यालेस्टाइनी बालबालिकाहरुले भने मेसीले आफुहरुको मन नदुखाउनेमा ढुक्क भएको चिठ्ठिमा उल्लेख गरेका छन् ।

आफ्नो बस्ती बर्बाद गरेर बनाइएको ठाउँमा आफ्नो फुटबल हिरो इजरायलसँगको मैत्रीपूर्ण खेलका लागी आउँदै गर्दा आफुहरुको मन दुखेको, खुसी आँसुमा बदलिएको महसुस भएको कुरा पत्रमा उल्लेख गरेका छन् । साथै मेसीले त्यो खेल खेलेमा जुन ९ तारिख आफूहरुका लागि ‘दुःखद दिन’ हुने कुरा समेत बालबालिकाहरुले पत्रमा उल्लेख गरेका छन् ।

तर मेसीले भने हालसम्म उक्त पत्रको बारेमा कुनै प्रतिकृया सार्वजनिक गरेका छैनन् ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्