केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्प–किमबीचको वार्ता होटल क्यापेलामा तय

सहयात्रा टिभी

एजेन्सी । जेठ–२३, उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पबीच हुने भनिएको शिखर वार्ता सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्यापेलामा हुने भएको छ । ट्रम्प र किमबीच १२ जुनमा विहान ९ बजे होटल क्यापेलामा भेटवार्ता हुने भएको हो ।

सिंगापुरमा सोमबार बाटै दुई नेताहरको भेटवार्ताको लागी कडा सुरक्षाको तयारी सुरु गरिएको छ । सिंगापुर सरकारले सोमबार सेन्तोस आइल्याण्डसहित विदेश मन्त्रालय, अमेरिकी दूताबास र थुप्रै होटललाई विशेष क्षेत्र घोषणा गरेको छ ।

दुवै नेताहरुले आफ्ना निजी सुरक्षा दस्तासँगै ल्याउने भए पनि उनीहरुको सुरक्षाको जिम्मेवारी संसारको सबैभन्दा ठूलो तथा शक्तिशाली योद्धाहरुको समूह नेपालका गोर्खाहरुले लिने भएका छन्। उनीहरुको सुरक्षाका लागि सिंगापुर पुलिसको गोर्खा दस्ताले सम्मेलन स्थल, सडक र होटलहरुको सुरक्षा प्रदान गर्ने छन् । ट्रम्प र किमको सुरक्षाको लागी गोर्खाहरु शरीर कवजसहित बेल्जियममा निर्मित एफएन एससीएआर युद्धक, आक्रमक राइफल्स र खुट्टामा पेस्तोल सहित सम्मेलनमा उपस्थित हुने छन्।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्