केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रोजगारीको विज्ञापनले गर्दा बेरोजगार युवा ठंगिदै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२३, मुख्य शहरमा बेरोजगार युवालाई लक्षित गर्दै रोजगारी दिने भनेर विज्ञापन नपत्याउँदो रुपमा ठगी धन्दाको कारखाना बनिरहेका बताइएको छ । फरक–फरक किसिमको विज्ञापन र पर्चा मार्फत बरोजगारीहरुलाई आश देखाउने रोजगारी केन्द्रले युवाहरुलाई ठग्ने प्रवृति धेरै बढिरहेको बताइएको हो ।

यस क्रममा धेरै जसो युवाहरु दैनिक पत्रपत्रिका र इन्टरनेटमा प्रकाशित विज्ञानपनहरुमा बढि चासो दिएको पाइएको छ । रोजगारी दिने भनेर खोलिएका त्यस्ता रोजगारी केन्द्र खासमा बेरोजगारकै कारण मालामाल भइरहेका हुन्छन्। सडकका भित्ता र बिजुलीका पोलमा टाँसिने जागिरका विज्ञापन नपत्याउँदो रुपमा ठगी धन्दाको कारखाना बनिरहेका छन्।

यस्तै क्रममा विज्ञापनको आधारमा जागिर खोज्न गएका शंकरदेव क्याम्पसमा एमबिएस अध्ययरत सुनसरीका महेन्द्र शाहले धेरैतिर गए पनि काम भने नपाएको आश मात्र देखाएको बताएका छन । उनी पर्चामा उल्लेख गरिएको फोन न.बाट जानकारी लिएर जब सेन्टरमा जागिरको आशमा पुगे पनि आफु केहि समयमै फसिसकेको बताए ।

उनले जब सेन्टरमा पुगेर आवेदन भर्न लगाएर तीन सय रुपैया लिएपछि केहि दिन पछि फोन आउछ भनेर आश्वासन दिएर फर्काएको बताएका छन । केहि दिन पछि फोन आए पनि पर्चामा भने जस्तो नभई अर्कै काम भएको र तलव सुविधा पनि कम रहेको प्रस्ताव आएको र जागिरका नाममा आफैं ठगिएको भन्ने महसुस भएको उनको भनाइ छ ।

यसरी जागिरको खोजीमा रहेका सयौं युवा दैनिक ठगिने गरेका छन् । उनीहरु सानो रकम भएकोले प्रहरीमा उजुरी दिन नपुग्गेको बताइएको छ । जागिर पाउने आशमा ठगिएका पीडितहरुको उजुरी प्रहरीसम्म पुग्दैन। जागिरको नाममा ठगिएको भनेर हालसम्म कसैले उजुरी नगरेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्