सभामुख महराले सांसदहरुलाई प्रभावकारी भुमिका निर्वाह गर्न आग्रह
काठमाण्डौँ । जेठ–२३, प्रभावकारी भुमिका निर्वाह गर्न संघिय संसदका सांसदहरुलाई सभामुख कृष्ण बहादुर महराले संसदमा निर्देशन दिएका छन । उनले बुधबार संघीय संसद भवन नयाँवानेश्वरमा जानकारीमुलक कार्यक्रममा बोल्दै प्रभावकारी भुमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।
कार्यक्रममा सभामुख महराले सक्रिय, श्रृजनशील भएर काम गर्न सांसदहरूको ध्यानाकर्षण गराएका छन । सांसदहरुलाई संसदीय प्रक्रियासम्बन्धी जानकारी दिने उद्देश्यले संघीय संसद सचिवालयले २ दिने जानकारीमूलक कार्यक्रम सञ्चालन गरेको हो ।
सभामुख महराले संसद सञ्चालन नियमावलि बनिसकेपछि संसद अन्तरगतका समितिका साथै अन्य संसदीय प्रक्रिया पनि संञ्चालन हुने भएकोले सबै सांसदहरुको सक्रियता अत्यावश्यक हुने बताएका छन । सरकारलाई आवाश्यक पर्ने निति नियम तथा कानुन बनाउनु पर्ने भएकोले सांसदहरू अध्ययनशील हुन पनि उनले सचेत गराएका छन ।