केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिले सार्वजनिक स्थलमै महिलालाई चुम्बन गरेपछि

सहयात्रा टिभी

एजेन्सी । जेठ–२३, फिलिपिन्सका राष्ट्रपतिले सार्वजनिक स्थलमै महिलालाई चुम्बन गरेका छन् । आइतबार दक्षिण कोरियामा एक सभामा बोल्दै गर्दा फलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटार्टेले एक महिलालाई मञ्चमा बोलाएर चुम्बन गरेका हुन् ।

फिलिपिनी दुई महिलाहरुलाई एक पुस्तक निशुल्क रुपमा उपलब्ध गराउन मञ्चमा बोलाइएको अवस्थामा उनले एक महिलालाई अंगालो मारेर गालामा चुम्बन गरे भने अर्की महिलालाई ओठमा नै चुम्बन गरेका छन् ।

उनको त्यो आश्चर्यजनक व्यवहारबाट सभामा उपस्थित सम्पूर्ण नागरिकहरुको ध्यानाकर्षण भएको थियो । फिलिपिन्सको ग्याब्रिएला समूहले राष्ट्रपति डुटार्टेको त्यो हर्कतको विरोध गरेका छन् । उनीहरुले महिलामाथि राष्ट्रपतिले दुव्र्यवहार गरेको आरोप लगाएका छन् । तर चुम्बन गरिएकी महिलाले भने राष्ट्रपतिको त्यो चुम्बनमा कुनै दुर्भावना भएको नपाएको बताएकी छन् ।

फिलिपिनी मूलका कामदारहरुमा लोकप्रिय रहेका फिलिपिनका राष्ट्रपति डुर्टाटेको यो महिलाहरुप्रतिको हर्कत पहिलो भने होइन । यस अघि पनि उनले महिलाहरुप्रति यस्ता कैँयौ व्यवहारहरु गरेका थिए ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्