केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दास पक्राउ

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–२३,जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेशप्रसाद दासलाई पक्राउ गरेको छ । उनलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धन टोलीले पक्राउ गरेको हो ।

दासले आफु चढेको बा६च ११८६ नम्बरको कारमा लुकाएर राखेको आवस्थामा ५० हजार रुपैया भेटिएको अख्तियार कार्यालयले जनाएको छ । अधिकृत दासलाई थप अनुसन्धानकको लागि बर्दिवास ल्याउने तयारी भैरहेको बताइएको छ ।

उनलाई ५० हजार घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले जिल्ला अदालत सर्लाहीको अगाडिको चोकबाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्