केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली कमेन्ट्रीसहितको विश्व कप डिस होममा प्रत्यक्ष प्रशारण हुने (प्रोमोसन भिडियो सहित)

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२३, यहि जुन १४ बाट सुरु हुन लागेको विश्वकपको नेपाली कमेन्ट्रीसहितको प्रत्यक्ष प्रशारण डिस होममा हेर्न पाइने भएको छ । आधिकारीक रुपमा विश्वकप प्रशारण गर्ने अधिकार पाएको डिस होम एक्सन स्पोर्टसले वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारको आवाजमा नेपाली कमेन्ट्रीसहितको विश्वकप प्रशारण गर्ने भएको हो ।

नेपाली दर्शकहरुका लागी नेपाली भाषालाई प्राथमिकतामा राखेर नेपाली कमेन्ट्रीमा विश्वकप देखाउन लागेको डिस होमले जनाएको छ । नेपालमा, डिस होमको एक्सन स्पोर्टस, नेपाल टेलिभिजन र कान्तिपुर टेलिभिजनले मात्र आधिकारीक रुपमा विश्वकप प्रशारण गर्ने अधिकार प्राप्त गरेका छन् । त्यसमा पनि डिस होमले भने आम नेपाली दर्शकहरुको सुविधाको लागी विश्वकप नेपाली कमेन्ट्रीमा प्रशारण गर्न लागेको हो ।

विश्वकप सहित अन्य कार्यक्रम पनि यस च्यानलले छुटाउने छैन । खेल अघि र खेल पछि एक्सन स्पोर्टस च्यानलमा आउने सम्पूर्ण कार्यक्रम निरन्तर प्रशारण गरिने जानकारी डिसहोमले दिएको छ ।

हाल विश्वकपको प्रशारणको लागी डिसहोमले प्रोमोसन भिडियो सार्वजनिक गरिरहेको छ । उक्त भिडियोमा नेपाल आइडलका तेस्रो स्थानमा पुग्न सफल प्रताप दासले स्वर दिएका छन् भने खेल क्षेत्रका पूर्व र वर्तमान लोकप्रिय खेलाडीहरुको उपस्थितिसहित अन्य वरिष्ठ कलाकारहरुको पनि उपस्थिति रहेको छ । प्रोमोसन भिडियोमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डर विक्रम लामा, कप्तान विराज महर्जन, पूर्व राष्ट्रिय कप्तान हरि खड्का लगायतका खेलाडीहरु, पत्रकार ऋषि धमला, हाँस्य कलाकार विल्सन विक्रम राई, कलाकार सुनिल थापा, नायक सलोन बस्नेत, प्रदिप खड्का लगायतको उपस्थिति रहेको छ ।

प्रोमोसन भिडियो :

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्