केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाँदरमुढेको घटना १३ वर्ष बितिसक्दा पनि पीडितले न्याय पाएनन

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२३,चितवनको गोविन्दबस्ती बगई माडीबाट २०६२ साल जेठ २३ गते भरतपुर लागेको यात्रुबसमा तत्कालीन विद्रोही माओवादीले बम विस्फोट गर्दा ३८ जनाको मृत्यु भएको थियो । १३ वर्ष बितिसक्दा पनि घटनाको विषयमा अझै सत्य तथ्य छानविन भई दोषीलाई सजाय भएको छैन ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत निर्वाचनको समयमा बाँदरमुढे घटना जनयुद्धुमा भएको सबैभन्दा ठूलो गल्ती भएको भन्दै त्यहाका जनतासंग माफी मागेका थिए । उक्त घटनाका दोषीलाई सजाय गर्ने र पीडित परिवारलाई न्याय दिने कुरा हालसम्म नभएको बाँदरमुढे घटना पीडित संर्घष समितिका उपाध्यक्ष कृष्ण अधिकारीले बताएका छन ।

युद्धमा सहभागी नभएका सर्वसाधारणलाई किन मारिएको हो, त्यसको सत्य जान्न पाऊँ भन्दाभन्दै यत्तिका वर्ष बितेको ,तर पनि केही नपाएको अधिकारीले गुनासो गरे । विस्फोट गराउदा घटनामा घाइते भएका ७२ मध्ये चार जनाको उपचारको क्रममा नै मृत्यु भएको थियो ।

पूर्व माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा आफु निकटता पार्टीका कार्यकर्तालाइ जम्मा गर्दै आफ्नो सरकार बने लगतै बाँदरमुढे घटनाका पिडित परिवारलाई सम्मान हुने गरी सम्बोधन गर्ने सहमती गरेका थिए ।

तर,अहिले नेकपा एमाले र माओवादी एक भइ कम्युनिष्ट पार्टी भएर नेकपा भइसक्दा पनि घटनाको छानविन नभएको र बाँदरमुढेका पिडित परिवारले न्याय नपाएको त्यहाको जनताले गुनासो गरेका छन ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्