समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने:गृहमन्त्री थापा

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२३, समयमा काम नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापा बादलले ठेकेदारहरुलाई कारबाही गर्ने बताएका छन । उनले बुधबार आयोजित पत्रकार सम्मेलनमा विकासको काममा ढिलासुस्ती गर्ने जो कसैलाइ पनि कारबाही  गर्ने बताएका हुन । 

गृहमन्त्री थापाले समयमा काम नसक्ने निर्माण व्यवसाय विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै घरधनीलाई पनि नछोडने बताएका छन ।

थापाले सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै उनले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने उद्घोष गरेका हुन् । कार्यक्रममा उनले धेरै जसो काममा सम्झौताअनुसार काम नभएको बताएका छन ।

गृहमन्त्री थापा बादलले प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले धेरै आयोजना अलपत्र पारेको विषयमा सञ्चारकर्मीले सोधेका प्रश्नमा गृहमन्त्री थापाले काममा ढिलासुस्ती गर्ने नेता, सांसद, नेताको घरधनी जो भएपनि नछोड्ने बताए  ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्