केपी ओली प्रचण्ड माधव नेपाल एमाले


त्यस्तो बैंक जहाँ प्रेम कहानी जम्मा गरिन्छ

सहयात्रा टिभी

एजेन्सी । जेठ–२३, विश्वमा त्यस्तो बैंक पनि छ जहाँ पैसा नभएर प्रेम कहानी जम्मा गरिन्छ । स्लोभाकियाको बन्स्का स्टिभनिका सहरमा लभ बैंक नामबाट खोलिएको बैंकमा प्रत्येक वर्षको भ्यालेन्टाइन डे मा प्रेम जोडिहरु उपस्थित भइ आ–आफ्नो लिखित प्रेम कहानी जम्मा गर्दछन् ।

कवि आन्द्रेज स्लेडकोविकले लेखेको विश्वको सबैभन्दा लामो प्रेम कविता मरिनाको स्मरणमा यो बैंकको स्थापना गरिएको हो । आन्द्रेजले आफ्नी प्रेमीकाको नाममा यो कविता लेखेका हुन् । उनकी प्रेमीका मरिना जुन घरमा बस्थिन त्यहि घरमा लभ बैंक स्थापना गरिएको छ ।

यस लभ बैंकमा लभ मिटर पनि राखिएको छ जसमा प्रेमी प्रेमीकाले आफ्नो प्रेम मापन गर्दछन् । प्रत्येक वर्षको भ्यालेन्टाइन डे मा उक्त बैंकमा ठूलो परिमाणमा प्रेम जोडिहरु उपस्थित हुन्छन् । उक्त दिन अन्तरक्रियात्मक प्रदर्शनीसहित प्रेम जोडिले आफ्नो प्रेमकहानी लेखेर बैंकमा डिपोजिट गर्छन् ।

प्रकाशित : 6 June, 2018

प्रतिक्रिया दिनुहोस्