नेकपाका दुवै अध्यक्षलाई समान हैसियत र अधिकार

सहयात्रा टिभी


काठमाण्डौँ । जेठ–२४, नेपाल कम्यृनिष्ट पार्टी नेकपाले आफनो विधान तयार पारेको छ । बुधबाार केहि संशोधनसहित नेकपाले विधानलाई अन्तिम रुप दिएको हो । विधानमा दुवै अध्यक्षलाई समान अधिकार दिएको छ ।

नेकपाले यसअघि पार्टी दर्ताका लागि निर्वाचन आयोगमा बुझाएको विधानलाई अन्तिम रुप दिन पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई जिम्मा दिएको थियो । विधानमा राजनितिक प्रतिवेदन सबै टुंगो लागिसकेको प्रचण्डको प्रेस सल्लाकार विष्णु सापकोटाले बताएका छन ।

उनले विधानमा दुवै अध्यक्षलाई समान अधिकार र हैसियत रहेको बताए । राजनीतिक दस्तावेजमा प्रचण्डको नेतृत्वमा भएको १० वर्षे जनयुद्धले उत्पीडित जाति, वर्ग, लिंग र समुदायलाई जागरुक बनाएको र त्यसले गणतन्त्र स्थापनामा भूमिका खेलेको शब्दावली समेत प्रयोग गरिएको छ ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्