केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेस्सी र नेमारको प्रत्येक गोलमा निशुल्क खाना बाँडिने

सहयात्रा टिभी

एजेन्सी । जेठ–२४, यस पटकको विश्वकप फुटबलमा लियोनेल मेस्सी र नेमार जुनियरको प्रत्येक गोलमा गरिब परिवारलाई निशुल्क खाना बाडिँने भएको छ । मेस्सी र नेमारले गरेको प्रत्येक गोलमा एक क्रेडिट कार्ड कम्पनी ‘मास्टरकार्ड’ ले खानको लागी खाँचो परेका व्यक्तिहरुलाई खाना खुवाउने भएको हो ।

यो आयोजनामा मेस्सी र नेमारको प्रत्येक गोलमा संयुक्त राष्ट्र विश्व खाद्य कार्यक्रममार्फत १० हजार निःशुल्क खाना बाँडिने बताइएको छ । कुनै पनि खेलाडी तथा अन्य व्यक्तिहरुको ध्यान भोकको कारण नहटोस् भन्ने मान्यताले यस्तो कार्यक्रमको आयोजना गरिएको क्रेडिट कार्ड कम्पनीले बताएको छ ।

तर यो योजनाप्रति ब्राजिलका कोच टिटे भने असन्तुष्ट देखिन्छन् । उनका अनुसार यो योजना राम्रो भएपनि दुई खेलाडीलाई मात्र तोकिएर गरिएकोले यो उचित नभएको बताउँछन् ।

फुटबल एक सामुहिक खेल भएकाले र गोल एक व्यक्तिले नगरेर समुहले गर्ने हुँदा कुनै एक, दुई खेलाडीलाई मात्र तोकेर यस्तो कार्य गरिएकोमा उनी असन्तुष्ट भएका हुन् ।

उनको भनाइ छ कि दुई खेलाडीलाई मात्र तोकिएर गरिएको यो योजनाले ती खेलाडि प्रति दबाब बढ्न जान्छ । त्यसैले क्रेडिट कार्ड कम्पनीले यो योजनालाई केहि फेरबदल गर्नु पर्ने कोच टिटेको भनाई छ ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्