जब प्रधानमन्त्रीले संसद् भवनको भुइँ सफा गरे

सहयात्रा टिभी

एजेन्सी । जेठ–२४, प्रधानमन्त्रीले भुइँ सफा गरे भन्दा अनौठो लाग्ला । त्यहिँमाथि आफ्नो घरको भएपनि केहि हदसम्म ठिकै जस्तो लाग्ने थियो तर संसद् भवनकै भुइँ प्रधानमन्त्रीले सफा गर्नु भनेको विश्वास गर्नै नसकिने कुरा हो तर यो वास्तविक घटना नेदरल्याण्डको हो ।

नेदरल्याण्डका प्रधानमन्त्रीले सबैलाई आश्चर्यमा पार्दै संसद् भवनको भुइँ सफा गरेका छन् । आफुले कफी बोकेको कप भुइँमा खसेपछि प्रधानमन्त्रीले कफी पोखिएको ठाउँ सफा गरेका हुन् ।

उनको त्यो कार्य देखेर त्यहाँका सबै कामदार खुसीले गदगद हुँदै ताली बजाइरहेका थिए । सायद उनीहरुले प्रधानमन्त्रीले उनीहरुको कार्यको सम्मान गरेको बुजे होलान् ।

जब प्रधानमन्त्री हातमा कफीको कप बोकेर संसद बैठक भित्र पस्दै थिए अचानक एक भित्तामा ठोकिएर उनको हातबाट कप खस्यो र भुइँभरि कफी पोखियो ।

नेपालमा भए नेपाली प्रधानमन्त्री वा मन्त्रीहरु वास्तै नगरि हिँड्ने थिए होलान्, यदि वास्ता गरेपनि कामदारहरुलाई सफा गर्न इसारा दिएर हिँड्ने थिए । तर नेदरल्यान्डका प्रधानमन्त्रीले त्यासो नगरेर कारमदारहरुसँग भुइँ सफा गर्ने मोप मगाए र धमाधम भुइँ सफा गरे । मोपले सफा नभएको ठाउँमा उनले कपडा प्रयोग गरेर हातले पनि सफा गरेका छन् ।

प्रधानमन्त्री भएर पनि आफुले गरेको फोहोर आफौँले सफा गर्नु नेदरल्याण्डका प्रधानमन्त्रीको यो एक उदाहरणीय र प्रशंसनिय कार्य हो ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्