आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले दिए राजीनामा
सहयात्रा टिभी
काठमाण्डौँ । जेठ–२४, नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिएका छन । उनले बिहिबार पत्रकार सम्मेलन गरेर आफनो पदबाट राजीनामा दिएका हुन ।
जग्गा खरिद भष्टाचार काण्डमा मुछिएपछि मन्त्रालय तानिएका खड्काले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले देशी विदेशी लागेर आफुलाई षडयन्त्र गरेको आरोप लगाएका छन । उनले राजीनामा दिदै घाटामा गएको निगमलाई आफुले नाफामा लिएको बताएका छन ।
खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो । नौ महिना सम्मा आफु विना जिम्मवारी बसेका सहन नसकिने अवस्था आएपछि राजीनामा दिएको उनले बताएका छन ।