जिप दुर्घटना हुदा दुई जना घाइते, दुईको मृत्यु

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२४, ओखलढुङगामा जिप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन । काठमाडौँबाट यात्रु लिएर सालुखुम्बुतर्फ जाँदै गरेको बोलेरो जिप मानेभञ्याङ गाउँपालिका–६ हिलेपानीमा दुर्घटना भएको हो ।

ना१ज ४९५० नंको बोलेरो जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा घाइते हुनेमा जिप चलाक  लालबहादुर तामाङ र लोकेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा ओखलढुङगा मूलखर्क बस्ने ४० वर्षीय सिङ्गे तामाङ र सोही ठाउँकी ३५ वर्षीया कैलीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रहरी लोकदर्शन थापाले बताएका छन । जिप सडकबाट ३०० मिटर तल भिरबाट खसेको प्रत्यक्षदर्शीले बताएका छन । सडका गुडिरहेको जिप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्