केपी ओली प्रचण्ड माधव नेपाल एमाले


४१ राहदानीसहित होटल सञ्चालक पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–२४, प्रहरीले नयाँ बसपार्कको एक होटलमा छापा मारि ४१ वडा राहदानीसहित होटल सञ्चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने भनि अवैधरुपमा राहदानी संकलन गर्ने प्रेम बहादुर वि.क.लाई ४१ राहदानी सहित विहिबार पक्राउ गरेको हो ।

वि.क.ले विदेश जानका लागी होटलमा आएका मानिसहरुसँग राहदानी लिएर म्यानपावरसँग मिलि लाखौँ कमाइ गर्ने गरि काम गरेको अनुसन्धानबाट खुलेको प्रभागका प्रमुख मोहनविक्रम केसीले जनाए । वि.क.लाई थप अनुसन्धानका लागी राहदानीसहित वैदेशिक रोजगार विभाग पठाइएको छ ।

प्रकाशित : 7 June, 2018

प्रतिक्रिया दिनुहोस्