केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कालीकोट जनप्रतिनिधि हत्याका दोषीलाई कारवाही गर्न माग

सहयात्रा टिभी

काठमाडौं । जेठ २५, प्रतिनिधिसभाको आजको बैठकमा जनप्रतिनिधि हत्यामा संलग्नलाई कारवाहीको माग गरिएको छ । कालीकोटका जनप्रतिनिधि मना सार्की कुटिएर मारिएको घटनाका दोषीलाई कारबाही गर्न आजको बैठकमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइएको हो ।

बैठकको शुरुमा नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोमा देवकोटाले मुलुकमा छुवाछूत अन्त्य भइसकेको भएपनि आजको समयमा पुनः जनप्रतिनिधि नै कुटिएर मारिनु दुर्भाग्यपूर्ण रहेको बताएकी हुन् ।

कालीकोटको नरहरिनाथ गाउँपालिका–९ का तत्कालीन नेकपा (एमाले) बाट दलित महिला सदस्यमा निर्वा्चित सार्कीको यही जेठ १९ गते स्थानीयवासीको कुटपिटबाट निधन भएको थियो ।

प्रकाशित : 8 June, 2018

प्रतिक्रिया दिनुहोस्