उद्योगी-व्यवसायीको समस्या समाधानका लागि नीतिगत अप्ठ्यारा हटाइन्छ : प्रधानमन्त्री ओली
सहयात्रा टिभी
विराटनगर । जेठ २७, प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आयोजना गरेको एक कार्यक्रममा वोल्दै उद्योगी व्यवसायीको समस्या समाधानका लागि आवश्यक नीतिगत र प्रशासनिक अप्ठ्यारा हटाइने बताउनु भएको छ ।
व्यापारीहरुलाई आत्मनिर्भर बनाउनका लागि प्रशासनिक झन्झट, नीतिगत सुधार, बैंक ब्याज, विद्युतीय समस्या समाधान गर्न सरकार अग्रसर रहने बताउनुभयो ।
देश विकासका निमित्त ‘प्रमुख तीन विषयमा उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सबैको सहयोग आवश्यक छ,’ ‘अब कुनै काम गराउन कमिसनको झोला बोकेर हिँड्नु पर्दैन प्रधानमन्त्री ओलीको भनाई थियो ।