डा. उपेन्द्र देवकोटा ! आफ्नो घोषणा कार्यान्वयन गर्नाेस, बिन्ती छ, मृत्यसँग पनि आत्मसमर्पण नगर्नाेस
काठमाण्डौ । जेठ २८, नेपाली कांग्रेसका एक जना चर्चित नेता स्वास्थ्य मन्त्री रहँदा बीर अस्पतालमा गरेको निर्णयबारे पत्रकार सम्मेलन गरेरै डा. उपेन्द्र देवकोटाले भनेका थिए, ‘मैले चाँहे जतिसुकै बेला स्वास्थ्य मन्त्री बन्न सक्छु, तर माननीय मन्त्रीले जति तपस्या गरेर चाहना राख्दा पनि मेरो ठाउँमा आएर बिरामीको उपचार गर्न सक्नुहुन्न, स्वदेशमै सुबिधा सम्पन्न रुपमा उपचार गराउने बातावरण बनाई स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्दा अवरोध गर्न नलाग्दा हुन्छ, मन्त्रीजीलाई हेक्का होस, यो उपेन्द्र देवकोटाले आत्मसमर्पण गर्दैन ।’
क्यान्सरसँग दृढताका साथ जुध्दै मृत्यसँग लडिरहेका बरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको अवस्था हेरेर फर्किदै गर्दा एक्कासी मनमा उनको आत्मसमर्पण नगर्ने घोषणा याद आयो । तात्कालिन समयमा बिभागीय मन्त्रीमाथि सरकारी सेवामै रहेका चिकित्सकले धावा बोल्ने बिषयमा सोच्नसमेत सकेका थिएनन । तर देवकोटाले न्याम्सको बिषयमा अघि सारेका योजनामा मन्त्री बाधक बनेपछि पत्रकार सम्मेलन नै गरेर चुनौती दिएका थिए । जस्को परिणाम मन्त्रीले आफ्नो गलत मनसाय त्याग्न बाध्य हुनुपर्यो ।
त्यहीबेला डा देवकोटाले अर्काे पनि उदघोष गरेका थिए, ‘नेपालमै केही गर्छु भन्नेलाई यस्ता घटनाले छुँदैन, बिदेशमा आवासीय भिसासहित सवै सुबिधा दिन्छु भनेर राखेको प्रस्ताव छाडेर नेपाल आएको मान्छे हुँ, मन्त्री होस कि अरु कोही किन नहोस, मातृभुमीप्रतिको गद्धारी मलाई स्वीकार्य हुन्न, छैन ।’ त्यसबेलाको समाज मन्त्रीप्रति आशक्त हुने गरेको थियो ।
सामाजिक सञ्जालमा नागरिकको पहुँच थिएन, आजको जस्तो मिडियाको बोलवाल पनि थिएन । साप्ताहिक अखवारको जगजगी रहेको बेला मन्त्री ५(१० हजारको बिज्ञापन पठाएर सहयोग गरेको बहानामा आफूबिरुद्ध आउने जुनसुकै समाचार रोक्ने ल्याकत राख्थे ।
कागज किन्न धौ(धौ परेको बेला मन्त्रीले गर्ने त्यो ‘सहयोग’ नरोकियोस भनेर प्रायजसो अखवारका प्रकाशक भो, यो समाचारलाई नहालौं, आफूलाई हेर्नेलाई लखेटनु हुन्न भन्दै पन्छिने गर्थे ।
तर देवकोटाको पत्रकार सम्मेलनले मन्त्रीको सातो लगिदियो । उनको त्यो घोषणाले त्यसबेलाका सवैजसो प्रवुद्ध बर्गको दिमागलाई बदलिदियो । सवैजसो अखवारले देवकोटाको आवाजमा साथ दिए । आजकल जस्तो सामाजिक सञ्जाल नभएको बेला पनि देवकोटाको मन्त्रीबिरुद्धको काउन्टर आम नागरिकसम्म पुग्यो । तात्कालिन प्रधानमन्त्रीले मन्त्रीलाई बोलाएर देवकोटाको योजनामा अवरोध होइन सहयोग गर्नु भन्ने आदेश दिए ।
सायद प्रधानमन्त्रीदेखि नागरिकसम्मका दिल र दिमाग ‘यो उपेन्द्र देवकोटाले आत्मसमर्पण गर्दैन, मातृभूमीप्रतिको गद्धारी स्वीकार्य छैन भन्ने आवाजले गुञ्जायमान भयो । हजारौं बिरामीका भगवान कहलिएका डा देवकोटा नभन्दै स्वास्थ्य मन्त्री बने । तात्कालिन राजाले गरेको अत्यन्तै झिनो राम्रो काम मध्ये देवकोटालाई मन्त्री बनाउने काम थियो । नागरिकले समेत वाह, देवकोटालाई मन्त्री बनाए, केही गर्छन कि क्या हो भन्ने महसुस गरे । तर राजाको पनि हालत उही देखियो ।
एक पटक मन्त्रीपरिषद बैठकमै देवकोटाले भनिदिए, ‘सरकार, यो त मुलुकलाई बिनाशतिर लाने बाटो भयो, यस्तो देशबिरोधी काम सरकारकै पालामा नहोस, अरुले के भन्छन भन्ने मलाइ लाग्दैन सरकार, यो कदम सच्याइ बक्स्योस ।’ देवकोटाको भनाई सुने छेउतिर रहेका सवै चकित भए तर अध्यक्षता गरेका राजा नै नतमस्त कबने । यू आर राइट देवकोटा भन्दै कुरा अन्यत्रै मोडे । तर आफूलाई सच्याएनन ।
मन्त्री पदमा रहँदा पनि देवकोटाले बिरामीको सेवा गर्न छाडेनन । शल्यक्रियामा सहभागी भइरहे । मन्त्रीबाट हटेपछि एक दिन यस्तो संयोग पर्यो, एक जना एमबिबिएस अध्ययनरत छात्राको उपचारको क्रममा भेट भयो । देवकोटालाई अत्यन्तै निकट रहेर सहयोग गर्ने सिवी कार्की थिए, उनको सहयोगमा देवकोटासँग जचाउँन अस्प्ताल पुगिएको थियो । त्यसबेला न्यूरो अस्पताल आफैले स्थापना गरिसकेका थिएनन देवकोटाले ।
एक नीजि अस्पतालमा परीक्षणको क्रममा ती युवतीले आफ्नो सवै समस्या बताएपछि युवतीको टाउकोमा हात राखेर परिवारका सवै सदस्य सामु भनिदिए, ‘थप उपचार जरुरी छैन, तिम्रो समस्या औषधी खाने खालेको वा अरु उपचार गर्नुपर्ने तहको छैन ।’ केही बेर परिवारका सदस्यले डाक्टरको कुरा बुझ्दै बुझेनन । यो संकेत पाएपछि देवकोटाले भने, तपाइको चेलीलाई केही समस्या छैन, अव पनि दुख्यो भने बिवाह गरिदिनुस ।’
सवै चकित भए, स्वयं मैले भने डाक्टर साप, यति सहज रुपमा कसरी भन्नुहुन्छ ? रातभर सुत्न सकेका छैनन टाउको दुखेर । देवकोटाको जवाफ आयो, ‘त्यसैले त सवै सोर्स फोर्स लाएर भएपनि यही डाक्टर खोज्छन ।’ बिरामीको मनोबिज्ञान बुझेर जवाफ दिने बिषय चिकित्सकबाहेक अरुलाई ज्ञान हुन्न भन्ने देवकोटाको भनाई थियो ।
उनको त्यो उपचारपछि फेरि ती महिलाको टाउको दुखेको सूचना आएको छैन । सायद रोगलाई यति सहजै परास्त गर्दै आफूसामु आत्मसमर्पण गराउने चिकित्सक बिश्वमै निकै कम होलान । तर यतिबेला डाक्टर देवकोटाको अवस्था हेदा भने निकै मन भावुक बनेको छ । कोहीसँग आत्मसमर्पण नगर्ने उपेन्द्र देवकोटा किन मृत्यसँग आत्मसमर्पण गर्दै हुनुहुन्छ ? डाक्टर साप, मृत्यसँग आत्मसमर्पण नगर्नाेस, फर्कनोस यमराजलाई पराजित गर्दै ती बिरामीको सेवामा ।
तपाईले नै भनेको होइन र ? यो उपेन्द्र देवकोटाले कसैसँग आत्मसमर्पण गर्दैन भनेर ? स्वदेशदेखि बिदेससम्म रहेका सवै नागरिक तपाइको त्यही घोषणा कार्यान्व्यन होस भनेर पर्खिरहेका छन । तिनलाई निरास नबनाउनोस डाक्टरसा’प । बिन्ती छ डासा’प मृत्यसँग आत्मसमर्पण नगर्नाेस । जनताटाईम्स