केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘सबैभन्दा बेस १ नं प्रदेश’

सहयात्रा टिभी

विराटनगर । जेठ २८, प्रदेश नं १ को सरकारले लोकतन्त्रको रक्षा, सामाजिक न्याय र समानतामा आधारित समतामूलक समाजको निर्माण गर्दै समृद्ध र सुसंस्कृत प्रदेश बनाउने लक्ष्यका साथ ‘सबैभन्दा बेस १ नं प्रदेश’ भन्ने मूल नारा अगाडि सारेको छ ।

१ नं. प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाको आर्थिक वर्ष २०७५-०७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले आर्थिक समृद्धिका लागि कृषिलाई पहिलो प्राथमिकता राख्ने र पूर्णरुपमा व्यवसायीकरण तथा औद्योगिकीकरण गर्दै जाने बताउनुभयो । नीति तथा कार्यक्रममा गरिबीमुक्त प्रदेशका रुपमा विकास गर्नका लागि प्रदेश सरकारले आवश्यक रणनीति, कार्यनीति तथा कार्यक्रम सञ्चालन गरी स्थानीय तहमा रोजगारको सिर्जना गर्ने पनि बताइएको छ ।

प्रकाशित : 11 June, 2018

प्रतिक्रिया दिनुहोस्