केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकपको पहिलो खेलमा रसियाको शानदार विजयी शुरुवात, साउदीले खायो पाँच गोल

सहयात्रा टिभी

काठमाडौं । असार १, विश्वकप फटुबलमा आयोजक रसियाले शानदार विजयी शुरुवात गरेको छ । मस्कोस्थित लुजिन्की रंगशालामा भएको खेलमा आयोजक राष्ट्र रुसले साउदी ५–० को शानदार जित हात पारेको हो ।

पहिलो हाफमा २ गोल गरेको रसियाले दोस्रो हाफमा थप तीन गोल गरेको हो । रसियाका लागि खेलको १२ औं मिनेटमा युरी गान्जिनस्काईले सुरुवाती गोल गरे । यस्तै ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दा पहिलो हाफमा रसियाले दुई गोल गर्न सफल भयो । दोस्रो हाफमा निक्कै दवावमा देखिएको साउदीले ७१ औं मिनेटमा तेस्रो गोल खायो । रसियाका लागि अर्तेम जुबाले हेड मार्फत सुन्दर गोल गरे ।

Russia’s Denis Cheryshev celebrates his side’s second goal during the group A match between Russia and Saudi Arabia which opens the 2018 soccer World Cup at the Luzhniki stadium in Moscow, Russia, Thursday, June 14, 2018. (AP Photo/Darko Bandic)

खेलको ७० औँ मिनेटमा सब्स्टिच्यूट खेलाडीका रुपमा मैदान प्रवेश गरेका जुबाले मैदान प्रवेश गरेको ८९ सेकेन्डमै गोल गरेका हुन् । रुसी खेलाडी डेनिस चेरिसेवले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै रुसलाई ४–० को अग्रता दिलाएका थिए । खेल सकिन केही मिनेट बाँकी रहँदा पाएको फ्रीकिकलाई गोलमा परिणत गर्दै अलेक्सान्द्र गोलोभिनले रुसलाई ५(० को जित दिलाएका हुन् । यसअघि सन् १९३४ मा इटालीले अमेरिकालाई ७–१ ले हराएको थियो । यो सन् १९३४ यता आयोजक राष्ट्रले उद्घाटन खेलमा हात पारेको सबैभन्दा ठूलो अन्तरको जित हो ।

प्रकाशित : 15 June, 2018

प्रतिक्रिया दिनुहोस्