केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकपमा रोनाल्डोको पहिलो ह्याट्रिक : पोर्चुगल र स्पेनबिचको खेल बराबरी

सहयात्रा टिभी

काठमाडौं । असार २, पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकसगै स्पेनसंग बराबरी खेलेको छ । समूह चरणकै पहिलो खेलमा प्रतिस्पर्धामा उत्रिएका दुई युरोपेली टोली स्पेन र पोर्चुगलको खेल निकै नै रोमाञ्चक र सनसनीपूर्ण रह्यो ।

क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले सन् २०१० को विश्व विजेता स्पेनलाई बराबरीमा रोकेको छ । यसअघि चौथो मिनेटमा पाएको पेनाल्टीलाई गोल गरेका रोनाल्डोले ४४ औं मिनेटमा दोश्रो गोल गरेका थिए । नाचोले ५८ औं मिनेटमा गोल गर्दे स्पेनलाई ३–२ को अग्रता दिलाएका थिए । रोनाल्डोले खेल सकिन २ मिनेट बाँकी छँदा फ्रिकिक मार्फत ह्याट्रिक पूरा गर्दै स्पेनलाई १ अंकमा रोके ।

३३ वर्षिय रोनाल्डोले योसँगै विश्वकपमा पाँच गोल गरेका छन् । उनले चार फरक फरक विश्वकपमा गोल गरेका हुन् । उनले २००६, २०१०, २०१४ र २०१८ को विश्वकपमा गोल गरेका हुन् । रोनाल्डोले राष्ट्रिय टिमबाट १५० खेलमा ८३ गोल गरेका छन् । रोनाल्डोको क्लब र कन्ट्री करिअरमा गरी आफ्नो ह्याट्रिक संख्या ५१ पुगेको छ । विश्वकपको इतिहासमा पनि उनको ह्याट्रिक ५१ औँ ह्याट्रिकको रुपमा दर्ता भएको छ ।

प्रकाशित : 16 June, 2018

प्रतिक्रिया दिनुहोस्