केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘ज्येष्ठ नागरिक दुर्व्यवहार बन्द गरौँ ’

सहयात्रा टिभी

काठमाडौं । असार २, ज्येष्ठ नागरिक दुर्व्यवहार विरुद्धको १३ औँ विश्व चेतना दिवस शुक्रबार राजधानीमा भव्य कार्यक्रम गरि मनाइएको छ । राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको आयोजनामा ‘ज्येष्ठ नागरिक दुर्व्यवहार बन्द गरौँ ’ भन्ने नाराका साथ उक्त कार्यक्रम मनाईएको हो । ज्येष्ठ नागरिकप्रति घर, परिवार, समाज, बाटोघाटो लगायतका स्थानमा हुने गरेका दुर्व्यवहारको न्यूनिकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा पूर्व संस्कृति तथा पर्यटन मन्त्री, केहि सांसद लगायतका अन्य सम्बन्धित व्यक्तिहरुले आफ्ना भनाइ राखेका थिए भने अन्तर्क्रिया कार्यक्रममार्फत उपस्थित व्यक्तिहरुले पनि आ आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

ज्येष्ठ नागरिक सम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु न्यून मात्रामा मात्रै भएको, ज्येष्ठ नागरिक सम्बन्धी नियम कानुन फितलो भएको, भौतिक संरचनाहरु ज्येष्ठ नागरिक मैत्री नभएको गुनासो अन्तर्क्रियामार्फत व्यक्त गरिएको थियो । साथै अन्तर्क्रिया कार्यक्रममार्फत ज्येष्ठ नागरिकहरुप्रति हुने दुर्व्यवहार, ज्येष्ठ नागरिकले राज्यले दिएका सेवासुविधा प्राप्त गरेनगरेको अनुगमन गरिनुपर्ने सुझावहरु पनि दिइएको थियो । त्यसैगरि अन्तर्क्रियामार्फत ज्येष्ठ नागरिक, पत्रकार लगायत ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने व्यक्तिहरुद्धारा ज्येष्ठ नागरिकका समस्या र समाधानका लागी सरोकारवाला पक्षबाट गरिनुपर्ने पहलका विषयमा समेत सुझाव दिइएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ठ अतिथि सांसद पार्वत गुरुङले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न र उनीहरुप्रति हुने दुर्व्यवहारको अन्त्य गर्नका लागि आफुले राज्य पक्षबाट गर्नुपर्ने सम्पूर्ण पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सांसद गुरुङले आफुले अरुलाई भन्दा वृद्धवृद्धाहरुलाई बढि प्राथमिकता दिने गरेको समेत बताउनुभयो । साथै गुरुङको शान्त र सम्वृद्ध देश निर्माणको लागी ज्येष्ठ नागरिकहरुको सम्मान र उनीहरुप्रतिको दुर्व्यवहार अन्त्य हुनुपर्ने धारणा समेत राख्नुभयो ।

त्यसैगरि सांसद दिव्यमणि राजभण्डारीले पनि ज्येष्ठ नागरिकहरुका लागि आफूले गर्न सक्ने सम्पूर्ण पहल गर्ने प्रतिबद्धता सहित वर्तमान समयमा ज्येष्ठ नागरिकहरुका लागि भएका केहि निर्णयप्रति आफू असन्तुष्ट रहेको बताउनुभयो । हाल ज्येष्ठ नागरिकहरुका लागि छुट्याइएको २० करोड ६७ लाख रकम अपुग भएको राजभण्डारीको भनाइ थियो । सरकारले ज्येष्ठ नागरिकका लागी जति चाँडो कार्य गर्ने नीति नियम बनाए पनि ज्येष्ठ नागरिकहरुको मुद्दा उनीहरुको स्वर्गारोहण भइसक्दा पनि फैसला हुन नसकेको दुखद अवस्थाप्रति पनि सांसद राजभण्डारीको स्पोष्टोक्ति थियो । सोही कार्यक्रममा वोल्दै पुर्व संस्कृती तथा पर्यटन मन्त्री आनन्द पोख्रेलले ज्येष्ठ नागरिकहरुले भोग्नुपर्ने समस्या लगायतका समय सान्दर्भिक प्रसंग उठाउँदै हरेक गाउँगाउँ, वडावडामा जनचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको अन्त्यमा बोल्दै कार्यक्रमका सभापती तथा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले विद्यालय, क्याम्पस, बाटोघाटो, सार्र्वजनिक स्थलमा ज्येष्ठ नागरिक दुर्व्यवहार सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, संचार माध्यमहरुले पनि ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको थियो ।

‘ज्येष्ठ नागरिहरुप्रति आर्थिक, सामाजिक, शारीरिक, यौनिक र मानसीक दुव्र्यवहार भइरहेका हुन्छन्, तर समाज र इज्जतको डरले आफुमाथि भएको दुर्व्यवहार उनीहरुले बाहिर ल्याउन सक्दैनन्’ यसरी चुप बस्नुहुदैन, महासंघका अध्यक्ष श्रेष्ठको भनाई थियो । साथै महासंघ अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकहरुमाथि हुने दुर्व्यवहारको न्युनिकरण गर्न सबै निकायहरुले आ–आफ्नो तवरबाट सक्दो प्रयास गर्न सुझाव समेत दिनुभएको थियो ।

अन्तर्क्रिया र औपचारिक दुवै कार्यक्रमबाट प्राप्त भएका ज्येष्ठ नागरिकहरुका समस्या र समाधानका लागी आएका सुझावहरुलाई समेटेर ज्येष्ठ नागरिकका लागी उचित कार्यपत्र तयार गर्ने आयोजक पक्षले जनाएको छ । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य माननीय प्रकाश बस्ती, पूर्व संस्कृति तथा पर्यटन मन्त्री आनन्द पोख्रेल, सांसदहरु पार्वत गुरुङ र दिव्यमणि राजभण्डारी, ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने विभिन्न सरोकारवाला व्यक्तिहरुको भव्य उपस्थिती रहेको थियो ।

प्रकाशित : 16 June, 2018

प्रतिक्रिया दिनुहोस्