पाँच पटक विश्व विजेता ब्राजिल स्विजरल्याण्डसंग एक एक गोलको बराबरीमा रोकियो

सहयात्रा टिभी

काठमाडौं । असार ४, विश्वकप फुटबलको समुह चरणको पहिलो खेलमा विश्वमा नाम चलेका खेलाडीको खराब प्रर्दशन जारी रहेको छ । रुसमा चलिरहेको विश्वकपका समुह इ सम्मका खेल सकिदा शिर्ष बरियताका टोलीहरु खराब प्रर्दशन गरिरहेका छन् । यसक्रममा पाँच पटकको विश्व विजेता ब्राजिल पनि युरोपिन टोली स्विजरल्याण्डसग एक एक गोलको बराबरीमा रोकिएको छ ।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको ब्राजिल दोस्रो हाफको पाचौ मिनेट मै गोल खान पुगेको हो । खेलको ५० औं मिनेटमा स्टेभन जुबरले कर्नरमा हेडमार्फत गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका हुन् । सानो डिबक्समा ६ जना ब्राजिलियन डिफेन्डर रहदा जुबर एक्लै थिए । तर पनि उनले फ्रि हेड हान्न पाएका थिए ।

विलियमको पासमा काउटिन्होले खेलको २० औं मिनेटका निक्कै नै उत्कृष्ठ गोल गरेका हुन् । त्यसपछि पनि ब्राजिलले लगातार आक्रमणको प्रयास गरिरहेपनि थप गोल गर्न नसक्दा बराबरीमा चित्त बुझायो । यसअघि समुह इ कै खेलमा सर्वियाले कोस्टारिकालाई एक शुन्य गोलले पराजित गर्दै समुहको शिर्ष स्थानमा रहेको छ । यसअघि स्पेन पोर्चुगलसग तीन तीन गोल र अर्जे्न्टिना आइसल्याण्डसग एक एक गोलमा रोकिदा जर्मनी भने मेक्सिकोसंग एक शुन्य गोलले पराजित हुदै स्तब्ध हुन पुग्यो ।

प्रकाशित : 18 June, 2018

प्रतिक्रिया दिनुहोस्