केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुवाको शवलाई छोराले नयाँ कारमा राखेर गाडेपछि

सहयात्रा टिभी

एजेन्सी । जेठ–५, नाइजेरियामा एक युवकले आफ्नो बुवाको शवलाई ९० हजार डलर पर्ने बीएमडब्ल्यूको नयाँ कारमा राखेर गाडेका छन् । नाइजेरियाका अजुबुईक नामक एक व्यक्तिले आफ्ना बुवाको अन्तिम यात्रालाई सहज बनाउनको लागी कार किनेर बुवाको शवलाई सोहि कारमा राखि ६ फिट गहिरो चिहान खनेर गाउँ नजिकै पुरेका हुन् ।

उनले आफ्नो बुवाको सम्मान र सहजताको लागी बुवाको शवलार्ई कारमा राखेर गाडेका हुन् तर उनले बुवाको शव कारमा राखेर गाड्न लागेको तस्विर सामाजिक सञ्जालमा भाइरल भएपछि भने विभिन्न मानिसहरुले विभिन्न प्रतिकृया दिएको पाइएको छ ।

केहि मानिसहरुले उनले बुवाको सम्मान गरेका हुन् भनि तारिफ गरेका छन् भने केहि मानिसहरुले मरेपछि गरेको त्यो अनावश्यक खर्च अन्य विकास कार्यमा अथवा गरिबहरुको पेट भर्नको लागी प्रयोग गरेको भए हुनेथियो भनि आलोचना गरेको पाइएको छ ।

प्रकाशित : 19 June, 2018

प्रतिक्रिया दिनुहोस्