केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाटो चौडा गर्न कडा चट्टान फोर्दै नेपाली सेना

सहयात्रा टिभी

रोल्पा । असार–६, शहीद मार्गको दुईखोली—खरिबोट सडकखण्डको विभिन्न स्थानमा बाटो चौडा गर्नको लागी नेपाली सेनाहरुले कडा चट्टान फोडेका छन् ।

सडकखण्डमा भएका ठुल्ठुला चट्टानहरु र समयसमयमा जाने पहिरोका कारण ठूला सवारी साधन आवतजावत गर्न समस्या भएपछि नेपाली सेनाले चट्टान फोडेर बाटो फराकीलो बनाएका हुन् ।

विभिन्न खण्डमा गरी ७०० मिटरभन्दा बढी कडा चट्टान फोडेर सडक चौडा गरिएको छ । खड्ग दल गण, रोल्पाका गणपति अजय गुरुङका अनुसार नेपाली सेनाको खड्ग दल गणबाट खटिई गएका सेनाले २० दिनसम्म कार्य क्षेत्रमै खटिई विष्फोटक पदार्थ प्रयोग गरी सडक चौडा कार्य सम्पन्न गरेका हुन् ।

सडक चौडा बनेसँगै उत्तरी रोल्पामा निर्माणाधीन विकास योजनाले तीव्रता पाउनुका साथै सामाजिक, आर्थिक र शैक्षिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस अघि पनि नेपाली सेनाको खड्ग दल गण रोल्पाले स्थानीयसँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा विकास निर्माण कार्यमा सहयोग गर्दै आएको छ ।

प्रकाशित : 20 June, 2018

प्रतिक्रिया दिनुहोस्