अमेरिकामा १८ नेपाली सहित ८० जना पक्राउ
सहयात्रा टिभी
एजेन्सी । असार–६, अमेरिकामा ट्रम्प सरकारले आप्रवासन नीतिमा कडाइ गरेसँगै १८ जना नेपाली सहित ८० जना दक्षिण एसियाली नागरिकहरु पक्राउ परेका छन् ।
पक्राउ परेकाहरुलाई ओरेगनको एक कारागारमा छुट्टाछुट्टै राखिएको छ । पक्राउ पर्नेमा ५२ जना भारती र ५ जना चीनीयाँ नागरिकहरु पनि रहेका छन् ।
एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाका अनुसार पक्राउ गरिएकाहरुलाई कानुनी अधिकारबाट समेत वञ्चित गरि एक्ला एक्लै राखिएको छ ।
पक्राउ परेकामध्ये अधिकांशले आफ्नो मुलुकमा हिंसा भएकाले गलत तरिकाले आफू कारवाहीको भागिदार बन्ने खतरा भएपछि आफ्नो बचाउका लागि अमेरिका प्रवेश गरेको विवरण उल्लेख गरेका थिए ।