कांग्रेस सभापति देउवा बने आलोचनाको केन्द्रविन्दु
हेटौंडा । असार–७, हेटौंडामा भएको नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा अधिकांश सभापतिहरुद्धारा पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचता गरिएको छ ।
बुधबार भएको भेलामा बोल्ने अधिकाशं सभापतिहरुले विधान विपरित मनोनयन, टिकट वितरणमा अपारदर्शिता, गुटलाई प्रश्रय दिएको भन्दै सभापति देउवाको आलोचना गरेका हुन्।
भेलामा बोल्ने अधिकाशंले आफ्नो बोल्ने समयको बढि समय भने देउवाको आलोचनामा नै खर्चिएका थिए । भेलामा देउवाको बचाउका निम्ति बोल्नेको संख्या निकै कम देखिएको थियो । टिकट वितरणका क्रममा आफूहरुलाई भूमिकाविहिन बनाइएको भन्दै धेरै सभापतिले गुनासो गरेका थिए ।
केहि सभापतिले टिकट वितरणका क्रममा सभापतिहरुलाई भुमिकाविहीन बनाइएकोले निर्वाचनमा भोगेको पराजयको सभापतिले जिम्मेवारी लिनुपर्ने समेत बताए ।
त्यसैगरी केहि सभापतिले भने पार्टीमा आत्माआलोचनाको प्रणाली विकास गर्न पार्टीको नेतृत्वपंक्तिलाई सुझावसमेत दिएका थिए ।
सभापतिको बचाउमा कञ्चनपुरका सभापति हरि बोहरा, पर्वतका खिमप्रसाद भुषाल, दोलखाका रुद्रबहादुर खड्कालगायत थोरै सभापतिहरु मात्र उभिएका थिए ।