नक्कली गुणस्तर चिह्न राखि सञ्चालित उद्योगमा शिलबन्दी

काठमाण्डौं । असार–७, गुणस्तर चिह्न (एनएस) नलिई नक्कली एनएस चिह्न लगाएर सञ्चालन गरिएका उद्योग नेपाल गुणस्तर तथा नापतौल विभागले बन्द गराएको छ ।
गुणस्तर विभागबाट अनुमति नलिई‘ प्रान पोट्याटो क्य्राकर’मा एनएस चिह्न लगाएर बिक्री वितरण गर्ने ओडीएटी फुड एण्ड वेभरेज प्रालिका उद्योग बुधबार गुणस्तर विभागले बन्द गराएको हो ।
अनुगमनको क्रममा २५ ग्राम प्याकिङ साइजलाई विभागबाट अनुमति नलिई एनएस चिह्न राखेको पाइएपछि विभागले उद्योगमा शिलबन्दी गरी कारबाहि गरेको छ । स्विकृति विना नै वषौँ देखि कम्पनिले एनएसको लोगो प्रयोग गर्दैै आएको पाइएको गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
विभागले अनुगमनको क्रममा भेटाएको १ सय ३१ कार्टुन ‘प्रान पोट्याटो क्य्राकर’मा शिलबन्दी गरी अन्य व्यापारीहरुलाई पनि उक्त क्य्राकर बिक्रि नगर्न आदेश दिएको छ ।