केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्व कप खेलको आजको तालिका, डिस होम एक्सन स्पोर्टसमा

सहयात्रा टिभी

काठमाण्डौं । असार–७, जुन १४ बाट सुरु भएको विश्व कपमा आज डेनमार्क र अष्ट्रेलिया, फ्रन्स र पेरु त्यसैगरि अर्जेन्टिना र क्रोटिया भिड्दै छन् ।

आज साँझ ५ः४५ मा डेनमार्क र अष्ट्रेलियाको खेल छ । त्यसैगरि साँझ ८ः४५ मा फ्रान्स र पेरुको खेल छ भने राती ११ः४५ मा अर्जेन्टिना र क्रोटिया भिड्ने भएका छन् । विश्व कपको सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण डिस होमको च्यानल नं. १९१ एक्सन स्पोर्टसमा गरिने छ ।

आधिकारीक रुपमा विश्वकप प्रशारण गर्ने अधिकार पाएको डिस होम एक्सन स्पोर्टसले वरिष्ठ कमेन्टटेटर संजिव शिल्पकारको आवाजमा नेपाली कमेन्ट्रीसहितको विश्वकपको प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

नेपालमा नै पहिलो पटक डिस होमले ग्राहकहरुको सुविधाको लागी नेपाली कमेन्ट्रीमा विश्वकप प्रशारण गरेको हो ।

प्रकाशित : 21 June, 2018

प्रतिक्रिया दिनुहोस्