केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुडिरहेको कारमा मेकअप गर्दा आखाँभित्र आइब्रो पेन्सील पसेपछि

सहयात्रा टिभी

एजेन्सी । जेठ–७, थाइल्याण्डमा एक महिलाले गुडिरहेको कारमा मेकअप गर्दागर्दै आखाँभित्र आइब्रो पेन्सील पसेर ठूलो दुर्घटना भएको छ । २० वर्षकि एक महिला गाडि बिस्तारै गुडिरहेको बेला मेकअप गर्दै गर्दा गाडि पिकअपसँग ठोक्किएपछि उक्त दुर्घटना भएको हो ।

साथिको घर गइरहेकी उक्त महिला ट्राफिक जाममा परेर कार विस्तारै गुडिरहेको समयमा समय विताउनको लागी मेकअप गर्न थालेको स्रोतले जनाएको छ ।

विस्तारै गुडिरहेको कार एक्कासी पिकअपमा ठोक्किएपछि ती महिला अगाडि हुत्तिइन र उनको हातमा भएको आइब्रो पेन्सील उनको आखाँमा गाडियो । पेन्सीलको आधा भाग नै उनको आखाँमा छिरेर आखाँ र नाकबाट नै रगत बगिरहेको थियो ।

आखाँको गहिरो भागसम्म पेन्सिल छिर्दा पनि आँखाको संवेदनशिल अंगमा भने असर नपरेकाले आखाँमा खास्सै असर नभएको र अब केहि दिनमा नै ठिक हुने उनलाई उपचार गरिरहेका डक्टरले बताए । हाल उनको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रकाशित : 21 June, 2018

प्रतिक्रिया दिनुहोस्