पहाड काटेर विमानस्थल बनाउँदै
सहयात्रा टिभी
एजेन्सी । असार–८, नयाँ विमानस्थल निर्माण गर्नका लागी चिनमा चिनियाँ कामदारहरुले पडाह काटेर काम गरिरहेका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर नयाँ विमानस्थल निर्माण गरिरहेका हुन् ।
चोङक्विङ शहर नजिकै ताहुवा पहाडको टुप्पामा अवस्थित उक्त निर्माणाधिन विमानस्थलको निर्माण कार्य यहि जुनसम्ममा पूर्ण रुपमा सकिने र अर्को वर्षबाट विमानस्थल संचालनमा ल्याइने योजना रहेको छ ।
आन्तरिक विमानस्थलको रुपमा प्रयोग गरिने यस विमानस्थलमा २६ सय मिटर लामो र ४५ मिटर चौडा धावनमार्ग बनाइने छ ।
पहाडि इलाकामा विमानस्थल निर्माणको लागी पर्याप्त ठाउँ नभएपछि विस्फोटक पदार्थको प्रयोग गरी पहाडको टुप्पो काटेर विमानस्थल बनाउन थालिएको हो ।