केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अक्सिजन उद्योग निर्माणमा प्रशासनको रोक

सहयात्रा टिभी

नुवाकोट । असार–११, नुवाकोटको पिपलटारमा निर्माण गर्न लागीएको एक अक्सिजन उद्योगमा त्यहाँको प्रशासनले रोक लगाएको छ । उद्योग स्थापना गर्ने नाममा बालुवाको जथाभावि उत्खनन् गरी त्यसको कारोबार गरेपछि निर्माण गर्न लागीएको सिद्धिगणेश अक्सिजन ग्यास उद्योग प्रालिको भौतिक संरचना निर्माणमा रोक लगाइएको हो ।

उद्योग स्थापना गर्ने नाममा अवैधरुपमा बालुवा खानी सञ्चालन गरी बेलकोटगढी नगरपालिका–७ स्थित जयगणेश बालुवा प्रशोधन उद्योगमा लगेर बिक्री गरेको पाइएको भन्दै विदुर नगरपालिकाले काम बन्द गराउन प्रशासनलाई गत शुक्रबार पत्र पठाएर आग्रह गरेपछि प्रशासनले प्रहरीको सहयोगमा उद्योग निर्माण कार्य बन्द गराएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।

गत चैत्रमा पनि उद्योग स्थापना गर्न लागीएको ठाउँमा सञ्चालन गरीएको अवैध बालुवा खानि प्रशासनले नै बन्द गराएको थियो ।

२० करोड लगानीमा निर्माण गर्न लागीएको उक्त उद्योग विदुर नगरपालिकामा दर्ता भएको छ ।

प्रकाशित : 25 June, 2018

प्रतिक्रिया दिनुहोस्