केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टर्कीमा राष्ट्रपतिको चुनावी नतिजा सार्वजनिक

सहयात्रा टिभी

एजेन्सी । असार–११, टर्कीमा भएको राष्ट्रपतिको चुनावी नतिजा सार्वजनिक भएको छ । टर्कीमा राष्ट्रपतिमा आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका छन्।

एर्दोगानले पहिलो चरणको चुनावमा नै आधा भन्दा बढि मत ल्याएर राष्ट्रपतिमा चुनिएका हुन् ।

टर्कीको नयाँ संविधानले राष्ट्रपतिलाई धेरै अधिकारसहित शक्तिशाली बनाएको छ । राष्ट्रनिर्माता आटाटर्कपछि सबैभन्दा शक्तिशाली नेता एर्दोगान बनेका छन् ।

केहि सञ्चार माध्यमहरुका अनुसार नवनिर्वाचित राष्ट्रपति एर्दोगानले सदर ९९ प्रतिशत मतबाट ५३ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी मुहर्रेम इन्सले भने ३३ प्रतिशत मत प्राप्त गरेका छन् ।

आफ्नो पराजय स्वीकार गरिसकेका मुहर्रेम इन्सले भने निर्वाचनको नतिजा निष्पक्ष नभएको दाबी गरेका छन् ।

प्रकाशित : 25 June, 2018

प्रतिक्रिया दिनुहोस्