केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्पकी प्रवक्तालाई रेष्टुरेन्टले खाना दिन नमानेपछि

सहयात्रा टिभी

एजेन्सी । असार–११, शुक्रबार अमेरिकाको भर्निनियामा रहेको एक रेष्टुरेन्टले खाना खान आएकी ह्वाइट हाउसकी प्रेस सचिव शाराह स्याण्डर्सलाई खाना नदिइ बाहिर निकालेको खबर भाइरल भएको छ ।

भर्निनियामा रहेको द रेड हेन लेक्जिङ्टन नामको रेष्टुरेन्टले सचिव शाराह स्याण्डर्सलाई खाना खान नदिई रेष्टुरेन्टबाट निकालेको थियो ।

उक्त रेष्टुरेन्टमा वेटरको काम गर्ने एक व्यक्तिले रेष्टुरेन्ट मालिकले सचिव शाराहलाई रेष्टुरेन्टबाट बाहिर जान भनेपछि आफुले उनको सेवा गर्ने मौका जम्मा २ मिनेटमात्र पाएको भनि सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त पोष्टलाई संगीतकार, अभियानकर्ता र पूर्व अमेरिकी कुटनितिज्ञ रहेका ब्रेनन् गिलमोरले ‘स्कृनसट’ गरी सोही रेस्टुरेन्टको जस्तो देखिने हस्तलिखित “८६ साराह हक्कबी स्याण्डर्स” लेखिएको तस्वीरसँगै ट्विट गरेपछि यो कुरा बाहिर भाइरल भएको हो ।

यस्तो समाचार आउन थालेको केहि समयपछि उक्त घटनालाई पुष्टि गर्दै सचिव शाराहले “हिजो रात भर्जिनियाको रेड हेन लेक्जिङ्टनकी सञ्चालिकाले मलाई तीनको रेस्टुरेन्टबाट निस्कन भनिन किनकी म अमेरिकी राष्ट्रपतिको लागि काम गर्थे । र म विनम्रतापूर्वक निस्किएँ,” लेखि ट्वीटरमा टुवीट गरेकी छन् ।

प्रकाशित : 25 June, 2018

प्रतिक्रिया दिनुहोस्