अज्ञात समुहको आक्रमणबाट कम्तिमा ८६ जनाको मृत्यु
सहयात्रा टिभी
एजेन्सी । असार–११, नाइजेरियाको मध्य प्रदेशको विभिन्न ठाउँमा भएको आक्रमणमा परि कम्तिमा ८६ जनाको मृत्यु भएको छ । शंकास्पद हतियारधारीहरुले शनिबार राती गरेको आक्रमणबाट उक्त घटना भएको प्रहरीले आइतबार जानकारी दिएको हो ।
आक्रमणमा परी घाइते हुनेमा ६ जनाको अवस्था गम्भिर रहेको छ भने कम्तिमा पनि ५० वटा घरमा क्षती पुगेको बताइएको छ ।
त्यसैगरि आक्रमणबाट दुई कार र पन्ध्रवटा मोटरसाइकल पनि क्षतीग्रस्त भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । घटना हुनुको कारण भने हाल सम्म खुल्न सकेको छैन ।
आक्रमणकारीहरुको आक्रमणबाट चार वटा गाउँहरु प्रभावित भएका छन् । घटनाको बारेमा थप अनुशन्धान भइरहेको प्रहरी प्रवक्तले बताए ।