केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एउटै मण्डपमा एक बेहुलाका तीन बेहुली

सहयात्रा टिभी

एजेन्सी । असार–१२, भारतको राजस्थानमा एक युवाले एउटै मण्डपमा तीनवटि युवतिहरुसँग विवाह गरेका छन् । आदीवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग एकै मण्डपमा विवाह गरेका हुन् ।

नक्कालले विवाह गरिरहेकी एक महिलासँग उनी १२ वर्षदेखि सम्बन्धमा थिए भने अर्कि महिलासँग ८ वर्षदेखि सम्बन्ध रहेको पाइएको छ । तेस्री महिला भने उनकी प्रेमिकी बहिनि हुन् जो सँग उनी गत एक वर्षदेखि रिलेसनमा थिए ।

पुनकी र कतुम्बाई दुई युवतीसँग क्रमश प्रेम भएपछि नक्काल दुवै युवतीहरुसँगै बस्दै आएका थिए । तर ती दुवै युवतीबाट भने सन्तान हुन सकेको थिएन । गत एक वर्षदेखि भने उनले रेखा नामकी अर्की युवतीसँग सम्बन्ध अगाडि बढाए र उनलाई पनि सँगै बसाउन थाले ।

रेखा गर्ववती भएपछि भने उनले विवाह गर्ने निधो गरे । गत जुन २० का दिन नक्कालले तीनवटै युवतीहरुसँग आफ्ना आफन्त साथीभाईहरुको उपस्थितिमा धुमधामका साथ विवाह गरे ।

प्रकाशित : 26 June, 2018

प्रतिक्रिया दिनुहोस्