हिंसा पिडित महिलाहरुको लागी सुरक्षित आवास निर्माण

सहयात्रा टिभी

रसुवा । असार–१२, रसुवामा हिंसामा परेर घरपरिवारबाट अलगिएका महिलाहरुको लागी सुरक्षित आवास निर्माण गरिएको छ ।

हिंसा पिडित महिलाहरुको लागी एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा जिल्ला प्रहरी परिसरमा सुरक्षित आवास निर्माण गरिएको हो ।

सोमबार नेपाल प्रहरीका महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक रविन्द्र प्रसाद शर्माले भवनको उद्घाटन गरेका थिए ।१ करोड ४३ लाख ८८ हजार ४९ को लागतमा हिंसामा परेर घरपरिवारबाट अलगिएका महिलाहरुको पुनस्र्थापना नभएसम्म आश्रय दिने उद्देश्यले उक्त भवन निर्माण गरिएको हो ।

उक्त भवनमा सुत्ने कोठा, भान्सा कोठा, डाइनिङहल, तालिम हल, कुरुवा कक्ष, स्टाफ कक्ष, शौचालय लगायतका गरि १४ वटा सुबिधा सम्पन्न कोठाहरु रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।

प्रकाशित : 26 June, 2018

प्रतिक्रिया दिनुहोस्