केपी ओली प्रचण्ड माधव नेपाल एमाले


८ देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

सहयात्रा टिभी

एजेन्सी । असार–१३, अमेरिकी राष्ट्रपित डोनाल्ड ट्रम्पले विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध त्यहाँको सर्वोच्च अदालतले सदर गरेको छ । गत वर्ष राष्ट्रपति ट्रम्पले ६ मुस्लिमसहित विभिन्न ८ राष्ट्रलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

ट्रम्पको उक्त निर्णयको चौतर्फि विरोध गरिएता पनि अन्तत त्यँहाको सर्वोच्च अदालतले उनको निर्णयलाई सदर गरेको छ ।

राष्ट्रपति ट्रम्पले सिरिया, लिबिया, इरान, यमन, चाड, सोमालिया, उत्तर कोरिया र भेनेजुएला राष्ट्रका नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए ।

ट्रम्पको उक्त निर्णय सदर वा बदर गरिने भन्ने निर्णय न्यायाधीशहरुको मतबाट गरिएको छ । ट्रम्पको निर्णयमा असहमति जनाउने ४ जना न्यायाधीशहरु थिए भने उनको समर्थनमा ५ जना न्यायाधीश देखिए, फलस्वरुप ट्रम्पको निर्णयले वैधानिकता पाएको छ ।

प्रकाशित : 27 June, 2018

प्रतिक्रिया दिनुहोस्