केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विमान उडिरहँदा नै प्रमुख पाइलटलाई हृदयघात

सहयात्रा टिभी

एजेन्सी । असार–१३, इन्डिगो एयरलाइन्सको एक विमान उडिरहेको समयमा नै मुख्य पाइलटलाई हृदयघात भएको छ । इम्फालबाट कोलकाता आउँदै गरेको विमानमा ६३ वर्षीय पाइलट सिल्भियो डियाज अकोस्टालाई हृदयघात भएको हो ।

कोलकाता नजिकैको आकाशमा आइपुगेको अवस्थामा पाइलट अकोस्टालाई हृदयघात भएको स्रोतले बताएको छ ।

विमान अवतरण गराउनै लाग्दा पाइलट अकोस्टाले आफुलाई छाती दुखेको को–पाइलटलाई जानकारी गराएका थिए । विस्तारै उनको छातीको दुखाइ बड्दै गइ शरिर पुरै पसिनाले भिजिसकेका थिए ।

आफ्नो यस्तो अवस्थामा पनि ती पाइलटले को–पाइलटको सहयोगमा विमानलाई सुरक्षित अवतरण गराइ ठुलो दुर्घटना हुनबाट बचाए । विमान अवतरण गराउनासाथ पाइलट अकोस्टालाई विमानस्थलको चिकित्सकीय युनिटमा लगिएको थियो । उनको अवस्था निकै गम्भिर देखिएपछि तुरुन्तै उनलाई अस्पताल भर्ना गरियो ।

पाइलटलाई उपचार गर्ने चिकित्सकहरुका अनुसार उनको उपचार निकै कठिन अवस्थाबाट गरिएको छ । दुई पटक सम्म विद्युतिय झड्का दिनु परेको चिकित्सकहरुले जनाए । हाल उनको अवस्था सामान्य रहेको छ ।

प्रकाशित : 27 June, 2018

प्रतिक्रिया दिनुहोस्