केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्धविश्वास हटाउन सांसद मसानघाटमै सुते

सहयात्रा टिभी

एजेन्सी । असार–१३, भारतको आन्द्रा प्रदेशका एक सांसद भुतप्रेत सम्बन्धि अन्धविश्वास हटाउन मसानघाटमै सुतेका छन् । मसानघाटको निर्माण कार्य भुतको डरले रोकिएपछि उक्त अन्धविश्वास हटाउन राज्यको सत्तारुढ दल तेलुगु देशम पार्टीका सांसद निम्मला रामा नाइडू पालकोट शहरको एक मसानघाटमै सुतेका हुन् ।

लामो समयदेखि मसानघाटको निर्माण कार्य अवरुद्ध भएपछि कामदारहरुको मनबाट डर हटाउन आफु मसानघाटमा सुुतेको सांसद नाइडू बताउँछन् ।

३ करोड भारु बजेट छुट्याइएको उक्त निर्माण कार्यका लागी आह्वान भएको टेण्डरमा कुनै कन्ट्राक्टर नै नआएको र बल्लबल्ल आएको एउटा कन्ट्राकटरका कामदारहरु पनि भुतको डरले काम छाडेर बसेका थिए ।

कामदारहरुमा भएको डर हटाउनलाई मसानघाटमै सुतेका सांसद नाइडूले उक्त दिनको खाना पनि मसानघाटमै खाएका थिए । साथै काम हुन्छ भने कामदारहरुलाई विस्वास दिलाउन आफु अरु दुईतिन दिन सम्म पनि त्यहि ठाउँमा बस्ने उनको भनाइ थियो ।

पहिलो दिन मसानघाटमा सुत्दा लामखुट्टेले केहि दुख दिएकाले दास्रो दिन सांसदले मसानघाटमा सुत्न जाँदा झुल पनि बोकेर गएका थिए ।

प्रकाशित : 27 June, 2018

प्रतिक्रिया दिनुहोस्