केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिकित्सा शिक्षा अध्यादेश तोडमोड गरे फेरि अनशन बस्छु : डा. केसी

सहयात्रा टिभी

काठमाण्डौं । असार–१४, डा गोविन्द केसीले सरकारले चिकित्सा शिक्षा अध्यादेश तोडमोड गरेर प्रस्तुत गरे फेरि अनशन बस्ने चेतावनी दिएका छन् । केसीले सरकारले चिकित्सा शिक्षा अध्यादेश तोडमोड गरेर प्रस्तुत गरे आफ्नो १५औँ अनशन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाममा हुने समेत बताएका छन् ।

सरकारले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गरेको पहिलो ६० दिनभित्र ल्याउन सकेको थिएन । दोस्रो पटक अध्यादेश जारी भएको ६० दिन पुग्न केहि समय मात्र बाँकि भएको अवस्थामा डा. केसिले यस्तो चेतावनी दिएका हुन् ।

निःशुल्क पीजीपछिको सेवा अवधि २ वर्ष कायम गर्नेबाहेक अन्य कुनै पनि अध्यादेशमा परिवर्तन नगरि जारी गर्न उनले माग गरेका छन् ।

यदि उनको माग अनुसार अध्यादेश नआएर, अध्यादेश तोडमोड गरिए यहि १५ गतेबाट नै आफु अनशन बस्ने उनले चेतावनी दिएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको वर्षौँपछि पनि एमबीबीएस विद्यार्थी भर्ना सुरु हुन नसकेकोमा केसीले सरकारलाई ध्यानाकर्षणसमेत गराएका छन्।

प्रकाशित : 28 June, 2018

प्रतिक्रिया दिनुहोस्