उपप्रमुखहरुद्धारा अधिकार प्रयोग गर्न नपाएको गुनासो
काठमाण्डौँ । असार–१४, स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुले आफुले निर्णय गर्न नपाएको गुनासो व्यक्त गरेका छन् ।सबै काम प्रमुखले गर्ने र आफुहरुलाई केवल बाध्यताले मात्र पदमा राखिएको भन्दै महिला उपप्रमुखहरुले गुनासो व्यक्त गरेका हुन् ।
मनरा सिसवा गाउँपालिका महोत्तरीकी उपप्रमुख रमिता प्रधानले, “महिलालाई निर्वाचनमा सहभागी गराएर पनि अर्थपूर्ण निर्णय प्रक्रिया, स्थानीय सरकारको काम कर्तव्यबारे बुझाइएन, सबै काम प्रमुखले गरेपछि उपप्रमुख नामका मात्र भएको अवस्था छ ” भनि गुनासो राखेकी हुन् ।
कमलामाई नगरपालिकाकी उपप्रमुख मन्जु देवकोटाले पनि उपप्रमुखलाई कुनै पनि निर्णय गर्ने अधिकारबाट वञ्चित गरिएको दुखेसो पोखेकी छन् ।
केही समितिको जिम्मेवारी दिए पनि निर्णयको अधिकार प्रमुखले नै गर्ने भएकाले काम गर्न गाह्रो भएको उनले बताइन ।
सर्च फर कमन ग्राउण्डले बुधबार काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय संवाद : नेपालमा युवा र महिला नेतृत्व’ कार्यक्रममा आफूहरुले गरेको अध्ययनमा १८ प्रतिशत जनप्रतिनिधिलाई मात्र स्थानीय निकायलाई पहिलेको भन्दा स्रोतसाधन प्रयोग गर्न पाउने अधिकार भएको बारेमा जानकारी प्रस्तुत गरेको थियो ।