केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गल्तीले जेलबाट छुटेका श्रीमानलाई श्रीमतीले जेल फिर्ता पु¥याइन

सहयात्रा टिभी

एजेन्सी । असार–१४, अमेरिकाको कोलोराडोस्थित गल्तीपूर्वक जेलबाट छुटेका एक कैदीलाई उनैकी श्रीमतीले जेल फिर्ता पु¥याएकी छन् । जेम्स रेनर्सन नाम गरेका कैदीलाई उनले नाडीमा लगाइएको ब्यान्डसमेत नहेरी जेलबाट मुक्त गरेपछि घर पुगेका रेनर्सनलाई उनैकी श्रीमतीले पुन कारमा हालेर जेल पु¥याएकी हुन् ।

गत मे महिनामा धम्काएको र कानून मिचेको आरोपमा कैद सजायँ सुनाइएको रेनर्सनलाई जेलबाट धोकापूर्वक छुटेपछि भागेको, चोरी गरेको, धोका दिएको, अपराधप्रति आकर्षण भएको समेत मुद्दा दर्ता गरिएको छ ।

रेनर्सनले जेलमुक्त हुनुपर्ने व्यक्तिको कागजात, डेबिड कार्ड र छालाको ज्याकेट चोरे, नक्कली दस्तखत गरेर जेलमुक्त भएका हुन् । अर्का कैदी ३५ वर्षे मार्भिन मार्चको सेल मर्मत भइरहेकाले रेनर्सनको सेलमा राखिएको थियो ।

मार्च पछि आफ्नै सेलमा गए तर जेलका अधिकारीले यसबारे अपडेट गरेनन् । जब मार्च रिहा हुने समय आयो तब जेलका अधिकारी रेनर्सनको सेलमा गएर उनलाई बोलाए ।

सेलका डेप्युटी र बुकिङ टेक्निसियन दुवैले रेनर्सनको दस्तावेज र उनले नाडीमा लगाएको ब्यान्डमा लेखिएको नाम परिक्षण नै नगरि उनलाई छाडेका थिए । रेनर्सन घरपुगेर श्रीमतीलाई आफु छुट्नुको बेलीबिस्तार सुनाएपछि श्रीमतीले नै कारमा राखी उनलाई जेल फिर्ता लगीदिइन् ।

प्रकाशित : 28 June, 2018

प्रतिक्रिया दिनुहोस्